१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाबारे प्रचण्डको विज्ञप्ति : अमेरिकाको धारणा माग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको व्यक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ।
सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावासले धारणा प्रष्ट पार्न आग्रह गरेको समाचार कान्तिपुर दैनिकमा छ।
‘सरकारका धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाउका छौं,’ अमेरिकी दूतावासका एक अधिकारीले भने। प्रचण्डले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिकी र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए।