१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

‘हत्याहिंसा र बलात्कार, कम्युनिस्ट सरकारको उपहार’

‘हत्याहिंसा र बलात्कार, कम्युनिस्ट सरकारको उपहार’
अ अ+ अ-

सुर्खेत । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादललाई निर्मला हत्या प्रकरणमा जोड्दै कडा प्रश्न गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘गृहमन्त्रीज्यू कन्चनपुर घटना हुँदा तपाईंका छोरा कहाँ थिए ?’

उनले निर्मला पन्तका हत्यारा सार्वजनिक नगरे सडकमा ल्याएर आफैं नङ्ग्याउने चेतावनीसमेत दिएका छन्।

गृहमन्त्रीका छोराप्रति लक्षित गर्दै बस्नेतले थप भने, ‘उनको व्यवहार र चरित्र कस्तो हामीलाई राम्रैसँग थाहा छ। यदि तपाईंले हत्यारा सार्वजनिक नगर्ने हो भने हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ।’

बस्नेतले सरकार दलालको पक्षमा देखिएको आरोपसमेत लगाए। ‘बलात्कार, हत्याहिंसा र भ्रष्टाचार नै कम्युनिस्ट सरकारको उपहार भएको छ। यो हामी कदापी सहन सक्दैनौँ’, उनले भने।

उनले सरकारले कांग्रेसका नेताको इतिहास मेट्ने प्रयास गरेको भन्दै आपत्ति जनाए। ‘यो सरकारले हाम्रा नेताको इतिहास मेटाउने प्रयास गर्दैछ’, बस्नेतले भने, ‘त्यो शाख जोगाउँन ज्यान दिन पनि तयार छौं ।’ यो खबर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित छ।

उनले सरकार नसच्चिए सडकबाटै ढाल्ने चेतावनी दिए। ‘सरकार प्रतिपक्षी कांग्रेस र जनतालाई डस्ने काम गरिरहेको छ’, बस्नेतले भने, ‘सचेत गराउँदा पनि सच्चिएन भने सडकबाटै सरकार ढालिन्छ।’

सभामा बोल्ने अधिकांश नेताले कम्युनिस्ट सरकारसँगको अन्तिम लडाई भएको बताएका छन्। सातवटै प्रदेशका कार्यक्रम सकिएपछि काठमाडौंमा एक लाख युवा लिएर सरकारविरुद्ध परेड खेल्ने तयारी तरुण दलको छ।