• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

नेपाली काङ्ग्रेसद्धारा संसदमा अबरोध, आज पनि बैठक स्थगित



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङग्रेसले आपत्ति जनाउँदै आएको छ ।

आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठ्नु भएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काङग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिए ।

सांसद पाण्डले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाए ।

उनलेले गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणमा आफ्ना शीर्ष नेताको योगदानलाई कही कतैबाट अवमूल्यन गर्ने काम नहोस् भन्दै ती अस्पतालले जनताको स्वास्थ्य सेवा गर्ने अवसर पाउने बताए ।
सांसद पाण्डेले चालु अधिवेशन विधेयक अधिवेशन समेत भएकाले नेपाली काङग्रेसले सरकारलाई रचनात्मक भूमिकामा सहयोग गर्ने बताए । त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहेकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्नुहुने लगायतका कार्यसूची रहेको थियो ।