• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी



काबुल । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ ।

विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयले तालिबानसँग युद्धबिराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन ।

विदेशदूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन ।

तालिबानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेषदूतले गत साता बताउनुभएको थियो, तर राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति घानीले अफगान सरकार र तालिबानबीच मध्यस्थता गराउन अमेरिकी विशेषदूतले गर्नुभएको प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तालिबानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् ।