• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा ★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

स्ववियु निर्वाचनमा पछि हट्यो कांग्रेस, निर्वाचन नहुने



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ। पछिल्लो समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो।

त्रिविको क्यालेन्डरअनुसार फागुन १४ मै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ। आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनुपर्नेमा जोड दिए। नेविसंघ अध्यक्ष नैनसिंह महर र नेताहरूसहित आइतबार सभापति देउवा बालुवाटार पुगेका थिए। सरकारकै गतिविधिका कारण आफुहरू सडकमा रहेको र पहिले यस्ता समस्या समाधान नभएसम्म स्ववियु निर्वाचनमा जान नहुने उनको तर्क छ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ त्रिविका पदाधिकारीसहित आफ्नो पार्टीका समेत विद्यार्थी नेतासँग स्ववियु निर्वाचनबारे संयुक्त छलफल डाकेका थिए। ‘सरकारले नेविसंघका विद्यार्थी नेतालाई धरपकड गरिरहेको बेला ऊ कसरी निर्वाचनमा जान सक्छ’, नेविसंघका अध्यक्ष महरले भने, ‘हामी निर्वाचनको विपक्षमा छैनौं। तर त्यसका लागि सहज वातावरण बन्नुपर्छ।’

कांग्रेस नेतृत्वले सोमबार बसेको केन्द्रीय समिति बैठकमा समेत स्ववियु निर्वाचनबारे छलफल गरेको छ। कांग्रेसभित्र नेविसंघकै म्याद सकिएको भन्दै शीर्ष नेता यसलाई के गर्ने भन्नेमा विभाजित छन्। तर बैठकले यसबारे निर्णय गर्न सकेन। अर्को बैठक २३ माघमा बस्दै छ।

बैठकमा कानुनविद् समेत सहभागी थिए। उनीहरूसँग कांग्रेस नेतृत्वले सरकारले हालै प्रतिपक्षीबिनै गरेको संवैधानिक परिषद् बैठकले लिएको निर्णयबारे छलफल गरियो। बैठकमा कांग्रेस निकट केही अधिवक्ताले पार्टीलाई सर्वोच्चमा समेत जान सुझाएका थिए।

०७६ फागुनमा महाधिवेशन प्रस्ताव

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ०७६ फागुनमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। बैठकमा तीन पेजको प्रस्ताव राख्दै पौडेलले अहिलेदेखि नै तालिका बनाएर तलबाट अधिवेशन प्रक्रिया थाल्न उनले माग गरेका छन्। सभापति देउवा र उनी निकटका केही नेताले विधानतः एक वर्ष म्याद थपेर पार्टीको महाधिवेशन गर्ने संकेत गरेपछि वरिष्ठ नेता पौडेलले यस्तो प्रस्ताव राखेका हुन्। समाचार अन्नपूर्ण पोष्टमा छ ।