• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

बिरामीलाई एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई भने गाडी



रुकुम पश्चिम । मुसीकोट नगरपालिका मातहतको जिल्ला अस्पतालमा लामो समयदेखि एम्बुलेन्स छैन। तीन वर्षअघि बिग्रिएको अस्पतालको एम्बुलेन्स बन्ने अवस्था छैन।
निजी स्तरबाट चलाइएका एम्बुलेन्सको सेवा पनि सर्वसाधारणका लागि पयौप्त छैन। तर स्थानीय तहले भने एम्बुलेन्सलाई भन्दा स्कार्पियोलाई प्राथमिकतादिएका छन्। मुसीकोट नगर कार्यपालिकाको बैठकले गत साउनमा गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गर्ने निर्णय गर्यो। नगरपालिकाले गाडी र मोटरसाइकल ल्याइसकेको छ भने एम्बुलेन्स खरिदको प्रक्रिया भर्खर अघि बढेको छ।
गाडी र मोटरसाइकल खरिद गरेको झण्डै एक महिनापछि मात्रै मुसीकोट नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदका लागि भन्सार छुटको सिफारिस माग्यो। कान्तिपुर दैनिकमा समाचार छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा भन्सार छुटको निर्णय र चिठी लेखेकै दिन एम्बुलेन्स खरिदको निर्णय मात्र भएन भन्सार छुटको सिफारिससमेत गरियो। एम्बुलेन्स खरिद प्रक्रिया त अघि बढेको छ तर कहिले आइपुग्छ भन्ने थाहा छैन।