७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

नयाँ प्रविधिले आरन व्यवसाय सङ्कटमा

नयाँ प्रविधिले आरन व्यवसाय सङ्कटमा
अ+ अ-

डोटी । जिल्लामा नयाँ प्रविधि र उपकरण भित्रिएसँगै यहाँका आरनकर्मी व्यवसायीको पेशा नै सङ्कटमा पर्न थालेको छ । उनीहरुले आफूले गर्दै आएको पेशाबाट खासै आम्दानी गर्न नसकेपछि अधिकांश आरन व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् ।
जिल्लाका ग्रामीण भेगमा पनि नयाँ खालका प्रविधिबाट बनेका सामान सजिलै र सस्तो दरमा पाउन थालेपछि आरनको महत्व घट्दै गएको दीपायलका आरन व्यवसायी बलराम वडले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा भनेको बेलामा र सस्तोदरमा घरेलु औजार पाउँदैछन्, हाम्रो व्यवसाय धरासायी हुँदैछ ।”

कृषि पेशा गर्नेका लागि हसिया, कुटो, कोदालो, बन्चरो र अन्य विभिन्न कामका लागि आवश्यक पर्ने धारिलो हतियार बनाइने आरनमा यी सबै सामान बजार तथा गाउँमा सहजै पाउन थालेका छन् । जिल्लाका ग्रामीण भेगमा हाल पनि आरनको काम गर्ने व्यक्तिलाई वर्र्षको दुई पटक अन्न दिने गरिन्छ । काम गरेबापत ज्याला नभएर खलो ९थोरै अन्न० दिने गरेकाले यो पेशा व्यावसायिक बन्न नसकेको दीपायलका अर्का आरन व्यवसायी भरत लुहारले बताउनुभयो ।

केही व्यक्तिबाहेक अधिकांश यो पेशा गर्नेको आर्थिक अवस्था विपन्न नै रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ औजार बनाउन दिए हप्ता दिन लाग्छ, आधुनिक तथा बजारीया औजार भनेको बेला पाइने भएकाले हाम्रो व्यवसाय नफस्टाउँदा हामी विपन्न बनेका हौँ ।”
आरनको काम गरेबापत खाद्यान्न अर्थात खलो लिने चलन रहेकाले बाबुबाजेले गर्दै आएको काम आफू्जस्तो युवाले छोड्दै आएको कपल्लेखीका हरि कामीले बताउनुभयो । नयाँ पुस्तामा आरन पेशा गर्ने अत्यन्त न्यून युवा मात्रै हरेको समेत उहाँले बताउनुभयो ।
आरनको काम गर्नुभन्दा भारतमा मजदूरी गर्नु राम्रो रहेको गाउँमा आरन व्यवसाय गर्ने दलित सामुदायका धैरै व्यक्तिको बुझाइ छ । यहाँका गाउँघर तथा शहर बजारमा आरनको काम गर्ने अधिकांश दलित सामुदायका व्यक्ति रहेका छन् ।

आरनलाई व्यवसायको रुपमा अङ्गाल्दै आएका उनीहरुको कामलाई हेयको दृष्टिले हेर्ने गरिएकाले पनि नयाँ पुस्ताले यसलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्न चाहँदैनन् । विक, ताम्राकार, कोली, लुहार, वडलगायतका जातिको पुख्र्यौली पेशा नै यही काम भएकाले उनीहरुमाथि फरक दृष्टि अर्थात् जातीयरुपमा विभेद गर्ने गरेको जोरायल गाउँपालिका–५ का नेकपाका नेता डबल ताम्राकारले बताउनुभयो ।

दलितका परिवारले वर्र्षभरि काम गर्नुपर्ने र गैरदलितको शरणमा भिक मागेजस्तै गरी वर्र्षमा दिइने अन्न लिने गर्नुपर्ने भएकाले पनि युवा यो पेशाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको जोरायल गाउँपालिका–५ का शिव विकले बताउनुभयो ।
अधिकांश आरन व्यवसायीका छोरा आफ्नो पुख्र्यौैली काम छोडेर अन्य काम लागि छिमेकी मुलुक भारतलगायतका देशका विभिन्न शहरमा जाने क्रम बढिरहेको छ । जिल्लामा आरन व्यावसायीको तथ्याङ्क यकिन नभए पनि करीब २० भन्दा बढीले व्यावसायिक रुपमा आरन सञ्चालन गर्दै आएका छन् ।