३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेकपाको साङ्गठनिक एकता लम्बियो, गृहकार्य जारी

नेकपाको साङ्गठनिक एकता लम्बियो, गृहकार्य जारी
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गृहकार्य जारी छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो । तर एकीकरण भएको नौ महिना पुग्दा पनि एकता प्रक्रिया टुङ्गिएको छैन ।

पार्टीको मूल कमिटीबीच एकीकरणको घोषणा भएपछि बाँकी रहेका सङ्गठनको एकता टुङ्गो लगाउन विभिन्न कार्यदल गठन भए पनि निष्कर्षमा पुगिएको छैन ।

पुस १३ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो तर सो कार्यदलले पनि हालसम्म ठोस निर्णयमा पुग्न सकेको छैन । कार्यदललाई पुस मसान्तसम्म एकीकरणका लागि गृहकार्य गरी प्रतिवेदन बुझाउन बैठकले निर्देशन दिएको थियो । सोही अनुसार कार्यदलले काम पनि सुरु गरेको थियो ।

पुस मसान्त भित्र काम नसकेपछि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको म्याद थप्ने निर्णय गर्नु भएको थियो । सो अवधिमा पनि कार्य पूरा हुन सकेको छैन ।
कार्यदलमा रहेका नौ जना सदस्यमध्ये चारजना मन्त्रीको जिम्मेवारी रहनुभएको छ । उहाँहरूको कार्यव्यस्तता कारण बैठक प्रभावित भइरहेको कार्यदलका सदस्य लेखराज भट्टले बताउनुभयो ।

कार्यदलमा रहनुभएका रामबहादुर थापा गृहमन्त्री, वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुनुहुन्छ ।
हालसम्म सातवटा बैठक मात्र बसेको छ । तर, हालसम्म कुनै निष्कर्षमा पुगेको छैन । एकीकरणका लागि मापदण्ड बनाएर छलफल सुरु भएको छ तर टुङ्गो नलागेको भट्टले बताउनुभयो ।

पछिल्लो बैठक माघ ७ गते बसेको थियो । अर्को बैठक पुनः तत्कालै बोलाइन्छ भन्नुभएको थियो तर अझै बोलाएको छैन, भट्टले गोरखापत्रसँग भन्नुभयो ।
तीनचार दिन लगातार बैठक बसेर चाँडै टुङ्गो लगाउने सहमति भएको थियो । संयोजक थापाले हालसम्म बैठक नबोलाएको भट्टले जानकारी दिनुभयो
कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘‘मन्त्रीहरूको व्यस्तताका कारण बैठक बस्न नसकेको हो, संयोजकले जुन दिन बैठक बोलाउनु हुन्छ त्यही दिन बैठक बस्छ ।’’

तल्लो तहसम्मको एकीकरण टुङ्गो नलाग्दा सङ्गठनको कामकारबाहीमा पक्कै अप्ठ्यारो भइरहेको हुनुपर्छ भन्दै कार्यदलका अर्का सदस्य बेदुराम भुसालले पार्टीको कामलाई द्रुतगतिमा अगाडि बढाउन सबै तहको एकीकरण टुङ्गो लगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैठक बोलाएपछि बस्ने हो, माघ ७ गते यता कुनै बैठक बसेको छैन ।” प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली स्विजरल्यान्डबाट फर्केपछि टुङ्गो लगाउने कार्यदलमा कुरा भएको थियो तर उहाँ फर्केको पनि पाँच दिन भइसक्यो तर बैठक बस्ने भनी कतैबाट खबर नआएको कार्यदल सदस्य पाण्डेले बताउनुभयो ।

हालसम्म पार्टीको मूल कमिटी र प्रदेश कमिटीको एकता मात्र टुङ्गो लागेको छ । जिल्ला, स्थानीय तह तथा भ्रातृ सङ्गठन, विभाग, समितिहरुको बीचमा एकीकरण टुङ्गो लगाउन बाँकी छ । गोरखापत्रबाट ।