• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

सुध्रिएनन् पौडेलका छोरा चिन्तन ! आफ्नै गुटका नेताहरू दिक्क



काठमाडौँ । रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर नेपाली कांग्रेसभित्र खैलाबैला शुरु भएको छ । रामचन्द्रले छोरा चिन्तनलाई आफूमार्फत हुने हरेक क्रियाकलापमा सहभागी गराउने गरेका छन् । यो समाचार यूनाइटेड पोस्टमा प्रकाशित छ ।

चिन्तनलाई नेता बनाउने ध्यानमा लागेका पौडेलको केही दिन अगाडि नेविसंघका नेताहरूले सिधै आलोचना गरेर आक्रोश देखाएका थिए । चिन्तन पौडेलले नेविसंघभित्र खेल्न खोजेको आरोप आफ्नै समूहका नेताहरूको छ । रामचन्द्रले चिन्तनलाई कांग्रेसको नेताका रुपमा अगाडि बढाउन खोजेका छन् । तर, चिन्तनले केटाकेटी पारा देखाउँदा आफ्नै गुटका नेताहरू दिक्क भएका छन् ।

बैदेशिक दलालका रुपमा चिनिएका व्यक्तिहरूसँग पछिल्लो समय चिन्तन पौडेलको घुलमिल र उठबस हुने गरेको छ । ती बैदेशिक दलालले चिन्तनलाई ठमलेका दोहोरी साँझ, डिस्को, रेष्टुरेन्टदेखि घुम्ने बेला आर्थिक सहयोग गर्ने गरेका छन् । उनै दलालसँग चिन्तनलाई नेविसंघका नेताहरूले रातिको समयमा ठमेलका रेष्टुरेन्टहरूमा देखेपछि रामचन्द्र पौडेलसँग गुनासो पनि गरेका थिए । तर, रामचन्द्रले आफ्ना छोरा चिन्तनलाई सम्झाउनुको साटो नेविसंघका नेताहरूलाई हप्काएपछि विवाद भएको स्रोतले जनाएको छ ।

चिन्तन पौडेलले आफ्नो बुबाको नाममा फेसबुक र ट्वीटर एकाउन्ट खोलेर स्टाटस लेख्ने गरेका छन् । रामचन्द्र पौडेललाई विवादमा ल्याउने गरेर चिन्तनले अल्लारेपाराका स्टाटस लेखेको भनेर आलोचना पनि भएको छ । आलोचना हुँदा पनि चिन्तनमा सुधार हुने कुनै संकेत देखिएको छैन । पछिल्लो समय चिन्तनको गतिविधिबाट दिक्क भएका नेपाली कांग्रेस र नेविसंघका नेता तथा कार्यकर्ताहरूले अर्को पारसको जन्म भएको भनेर आलोचना गर्न थालेका छन् । चिन्तनमा पलाएको अराजकताबाट नेपाली कांग्रेसका नेताहरू पनि चिन्नित बन्न थालेका छन् ।