२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुध्रिएनन् पौडेलका छोरा चिन्तन ! आफ्नै गुटका नेताहरू दिक्क



अ+ अ-

काठमाडौँ । रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर नेपाली कांग्रेसभित्र खैलाबैला शुरु भएको छ । रामचन्द्रले छोरा चिन्तनलाई आफूमार्फत हुने हरेक क्रियाकलापमा सहभागी गराउने गरेका छन् । यो समाचार यूनाइटेड पोस्टमा प्रकाशित छ ।

चिन्तनलाई नेता बनाउने ध्यानमा लागेका पौडेलको केही दिन अगाडि नेविसंघका नेताहरूले सिधै आलोचना गरेर आक्रोश देखाएका थिए । चिन्तन पौडेलले नेविसंघभित्र खेल्न खोजेको आरोप आफ्नै समूहका नेताहरूको छ । रामचन्द्रले चिन्तनलाई कांग्रेसको नेताका रुपमा अगाडि बढाउन खोजेका छन् । तर, चिन्तनले केटाकेटी पारा देखाउँदा आफ्नै गुटका नेताहरू दिक्क भएका छन् ।

बैदेशिक दलालका रुपमा चिनिएका व्यक्तिहरूसँग पछिल्लो समय चिन्तन पौडेलको घुलमिल र उठबस हुने गरेको छ । ती बैदेशिक दलालले चिन्तनलाई ठमलेका दोहोरी साँझ, डिस्को, रेष्टुरेन्टदेखि घुम्ने बेला आर्थिक सहयोग गर्ने गरेका छन् । उनै दलालसँग चिन्तनलाई नेविसंघका नेताहरूले रातिको समयमा ठमेलका रेष्टुरेन्टहरूमा देखेपछि रामचन्द्र पौडेलसँग गुनासो पनि गरेका थिए । तर, रामचन्द्रले आफ्ना छोरा चिन्तनलाई सम्झाउनुको साटो नेविसंघका नेताहरूलाई हप्काएपछि विवाद भएको स्रोतले जनाएको छ ।

चिन्तन पौडेलले आफ्नो बुबाको नाममा फेसबुक र ट्वीटर एकाउन्ट खोलेर स्टाटस लेख्ने गरेका छन् । रामचन्द्र पौडेललाई विवादमा ल्याउने गरेर चिन्तनले अल्लारेपाराका स्टाटस लेखेको भनेर आलोचना पनि भएको छ । आलोचना हुँदा पनि चिन्तनमा सुधार हुने कुनै संकेत देखिएको छैन । पछिल्लो समय चिन्तनको गतिविधिबाट दिक्क भएका नेपाली कांग्रेस र नेविसंघका नेता तथा कार्यकर्ताहरूले अर्को पारसको जन्म भएको भनेर आलोचना गर्न थालेका छन् । चिन्तनमा पलाएको अराजकताबाट नेपाली कांग्रेसका नेताहरू पनि चिन्नित बन्न थालेका छन् ।