२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिबाह नै नगरी एकता कपुर बनिन् आमा !



अ+ अ-

एजेन्सी । बलिउडमा बिबाह नगरी माता–पिता बन्ने लहर नै चलिरहेकको बेला सानो पर्दाकी लगानी कर्ता अर्थात टेलिसिरियलको दुनियाँकी निर्मात्री एकता कपुरले बच्चालाई जन्म दिएकी छिन् । कपुरले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएकी हुन् ।

जनवरी २७ मा एकताले बच्चालाई जन्म दिएकी हुन् । अहिले बच्चा अस्पतालमै छन् भने केही दिनमा नै एकताको घरमा ल्याउने तयारी गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करण जोहर र तुषार कपुरले बिहे नै नगरी यसै माध्यमबाट यसअधि नै बच्चा जन्माई सकेका छन् ।