३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह
अ+ अ-

स्टानफोर्ड । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् ।

उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताउनुभयो ।

स्टानफोर्ड विश्वविद्यालयमा आयोजित समारोहमा बोल्दै उहाँले भन्नुभयो, “आणविक निःशस्त्रीकरणलाई अन्तिम रुप दिनुअघि हामीले उत्तर कोरियासँग रहेका आमविनाशकारी क्षेप्यास्त्र कार्यक्रमको पूर्ण जानकारी चाहेका छौं ।”

उहाँले वार्तामा प्रगति नभए अमेरिकासँग वैकल्पिक योजना रहेको समेत बताउनुभयो, तर त्यसबारेमा उहाँले केही खुलाउनुभएन ।

उत्तर कोरियाले अमेरिकी मागलाई बेवास्ता गरिरहेको छ । अमेरिकालाई सबै कुरा बताए आफूहरु असुरक्षित हुने उत्तर कोरियाको भनाइ छ ।

बाइगनले अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई प्रमाणयोग्य तरिकाबाट नष्ट गरेको विवरण चाहेको पनि बताउनुभयो । “हामीले उत्तरका प्रमुख स्थलहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विज्ञहरुको पहुँच र अनुगमन संयन्त्र निर्माण गर्न चाहेका छौं । हामी उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने सामग्री, आणविक अस्त्र, क्षेप्यास्त्र, लन्चरहरु र अरु आम विनाशकारी हतियार नष्ट गरेको सुनिश्चित गर्न चाहन्छौं ।”

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच गत वर्षको जुनमा सम्पन्न पहिलो शिखर बैठकमा आणविक निःशस्त्रीकरण सम्बन्धी अस्पष्ट सम्झौता भएको थियो । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हस्ताक्षर भएको थियो ।

आगामी फेब्रुअरीको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच दोस्रो शिखर बैठक गर्ने तय भएको छ । सम्भवतः उक्त बैठक भियतनाममा हुनेछ । अर्को हप्ताको शुरुमै शिखर बैठकको मिति र स्थान घोषणा गरिने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

शिखर सम्मेलनको वातावरण तयार गर्न दक्षिण कोरियाका राष्ट्रपतिले उत्तरको औपचारिक भ्रमण गर्नुभएको छ । उहाँले उत्तर कोरियाली नेता कीमलाई दक्षिण कोरिया भ्रमणका लागि औपचारिक आमन्त्रण गरिसक्नुभएको छ ।

अघिल्लो महिना उत्तर कोरियाली नेता कीम चार दिनको भ्रमणका लागि चीनको बेइजिङ आउनुभएको थियो ।

विश्लेषकहरुले अमेरिका–उत्तर कोरियाबीचको वार्तालाई ध्यानमा राखेर कीमले चीनको भ्रमण गर्नुभएको बताएका छन् । उक्त भ्रमणलाई दक्षिण कोरिया, जापान र अमेरिकाले पनि स्वागत गरेका छन् ।

पछिल्ला दिनहरुमा दक्षिण र उत्तर कोरियाबीच अन्तर–कोरिया सम्बन्धमा विविध क्षेत्रमा सहयोगात्मक सम्बन्ध विस्तार हुन थालेको छ । दुबै कोरियाबीच रेल, सडक, हवाई र जल यातायात पुनः शुरु गर्ने सहमति भएको छ ।

उत्तर कोरियाले आफूमाथि अमेरिकी अग्रसरतामा लागेका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्न निरन्तर आग्रह गरिरहेको छ, तर त्यस्तो प्रतिबन्ध अझै फुकुवा भएका छैनन् । अमेरिकाले आणविक कार्यक्रममा सुनिश्चितता नहुँदासम्म प्रतिबन्ध फुकुवा नगर्ने अडान कायमै राखेको छ ।