१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

रुस–युक्रेन युद्धविरामको सङ्केत

रुस–युक्रेन युद्धविरामको सङ्केत
अ अ+ अ-

किभ । पछिल्लो १४ दिनदेखि रुस र युक्रेनबीचको भीषण युद्धमा अहिले युद्धविरामको सम्भावना बलियो बन्दै गएको छ । इजरायल र फ्रान्सका शीर्ष नेताहरुको प्रयासको प्रभाव अहिले प्रष्ट देखिन थालेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले आफ्नो अडान नरम पारेका छन् । जेलेन्स्कीले पश्चिमबाट अपेक्षित सहयोग नपाएपछि र रुसी सेना किभको नजिक पुग्दा आफूले नेटोमा सामेल हुने जिद्दी त्यागेको घोषणा गरेका छन्।

उही समयमा पश्चिमी देशहरूबाट अत्यन्तै कडा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले पनि डोनबास क्षेत्रबाट युक्रेनी सेनाहरू हटाउन मात्र चाहेको बताएको छ।

रुस र युक्रेनबीच जारी युद्धविराम वार्ता जटिल मोडमा पुगेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायली अधिकारीहरूको यो बयान यस्तो समयमा आएको छ जतिबेला प्रधानमन्त्री नाफ्ताली बेनेटले जेलेन्स्की र पुटिनसँग पटक पटक कुराकानी गरिसकेका छन्।

बेनेटमार्फत युक्रेनी राष्ट्रपति र पुटिनबीच अप्रत्यक्ष वार्ता भइरहेको बताइएको छ । वास्तवमा इजरायलको युक्रेन र रुस दुवैसँग धेरै राम्रो सम्बन्ध छ। यही कारणले गर्दा इजरायल रुस र युक्रेन दुवैबीच मेलमिलाप गराउने स्थितिमा छ ।

दुवै पक्षको मनोवृत्तिमा धेरै नरमता 

पुटिन र जेलेन्स्कीसँगको वार्तामा प्रत्यक्ष संलग्न इजरायली अधिकारीहरूले पछिल्लो २४ घण्टामा दुवै पक्षको अडान निकै नरम भएको बताए ।

रुसले डोनबास क्षेत्रबाट मात्रै सेना फिर्ता गर्न चाहेको बताएको छ । अर्कोतर्फ जेलेन्स्कीले अब युक्रेनलाई नाटोमा सम्मिलित हुन दबाब नदिने बताएका छन् ।

जेलेन्स्कीले नाटोमाथि आक्षेप लगाउँदै आफू कसैको अगाडि घुँडा टेकेर भिख माग्ने देशको राष्ट्रपति बन्न नचाहेको बताए । इजरायली अधिकारीहरूले यो भनाइ चाँडै कूटनीतिकरूपमा समाधान हुने सङ्केत भएको बताएका छन्।

यसअघि शनिबार इजरायलका प्रधानमन्त्री बेनेटले मस्को पुगेर पुटिनलाई भेटेका थिए। त्यसपछि बेनेटले पुटिन, फ्रान्सेली राष्ट्रपति र जर्मन चान्सलरसँग धेरै पटक फोनमा कुरा गरिसकेका छन्।

मङ्गलबार बेनेटले युद्धविरामबारे जारी प्रयाससम्बन्धमा जेलेन्स्कीसँग कुरा गरे र पुटिनलाई फोनबाट आफ्नो सन्देश सुनाए। रुसी राष्ट्रपतिको कार्यालयले पुटिनले बेनेटलाई युक्रेन र बेलारुसबीच बेलारुसमा हुने तेस्रो चरणको वार्ताबारे बताएको जनाएको छ ।

‘रुसी सर्तहरू जेलेन्स्कीका लागि धेरै गाह्रो छैनन्’

इजरायली अधिकारीहरूका अनुसार बेनेटले युद्ध रोक्नका लागि कुनै योजना दिएका छैनन्, तर पुटिन र जेलेन्स्कीका शब्दहरू एकअर्कालाई पठाउँदै छन्। पुटिनसँगको भेटमा बेनेटले रुसी राष्ट्रपतिको प्रतिक्रिया जान्न युक्रेन र अन्य देशबाट आएका सुझावका बारेमा बताएका थिए ।

पुटिनले युद्धविरामका सम्बन्धमा आफ्नो पछिल्लो सर्तहरूमा लचिलो दृष्टिकोण अपनाइरहेको मूल्याङ्कन गरिएको छ । बेनेटले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि यो पूरै घटनाबारे जानकारी दिएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार पुटिनको प्रस्ताव जेलेन्स्कीलाई स्वीकार गर्न सजिलो थिएन तर धेरै कठोर भने थिएन जुन उनले पहिले नै अनुमान गरेका थिए। 

अधिकारीहरुले पुटिनको प्रस्तावमा युक्रेनमा शासन परिवर्तन समावेश नभएको बताए । यति मात्र होइन  पुटिन युक्रेनलाई सार्वभौमसत्ता दिने पक्षमा पनि छन् ।

जेलेन्स्की अब एक चौबाटोमा छन् जसबाट उनले सही मार्ग छनोट गर्नुपर्ने एक इजरायली अधिकारीले बताए । रुसको प्रस्ताव स्वीकार गर्न गाह्रो छ तर यसले युक्रेनको सार्वभौमसत्ता रक्षा गर्नेछ र युद्ध रोक्नेछ।

यदि जेलेन्स्कीले यो प्रस्ताव अस्वीकार गरे भने युद्धले अझ गम्भीर रूप लिनेछ र जेलेन्स्की र युक्रेनका लागि विनाश हुनेछ। तत्कालका लागि इजरायल र पश्चिमले युक्रेनलाई विकल्प रोज्न दबाब नदिने निर्णय गरेका छन्। एजेन्सी