![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/10/NSU.jpg)
काठमाडौं । नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रणमा लिएको छ ।
शनिबार सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । आन्दोलनको कार्यक्रम अन्तर्गत नै सरकारी गाडी नियन्त्रणमा लिएको उनले जनाएका हुन् ।
शनिबार तथा बिदाको दिनमा सरकारी गाडी दुरुपयोग गरिएको पाइए नछोडिने उनले जानकारी दिए । यो अभियानमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, बिजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी छ्न । समाचार राजधानी दैनिकमा छ ।