चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना जारी छ ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक पुगेकी छन् । उनले हालसम्म १९७६ मत पाएकी छन् ।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत प्राप्त गरेका छन्।
मतगणना लगभग सकिएको र केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जनायो ।
यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित हुन पुगेका छन् ।