३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दाङमा उर्लियो काँग्रेसको लहर, डा. महत भन्छन्–पाँच वर्षलाई चुनिएको सरकार एक वर्षमै असफल

दाङमा उर्लियो काँग्रेसको लहर,  डा. महत भन्छन्–पाँच वर्षलाई चुनिएको सरकार एक वर्षमै असफल
अ+ अ-


दाङ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पाँच वर्षलाई चुनिएको वर्तमान सरकार आफ्नै कारणले वर्षदिनमै असफल भैसकेको टिप्पणी गरेका छन् ।


दाङको घोराहीमा आज नेपाली काँग्रेसको आमसभालाई सम्बोधन गर्दै डा.महतले भने– यो वा त्यो क्षेत्र भन्ने छैन, यो सरकार सबै क्षेत्रमा पूर्णतः असफल भैसक्यो, दुई तिहाइको आफ्नै दम्भले असफल भयो ।


सहमहामन्त्री डा.महतले अहिलेकै अवस्थामा सरकार अघि बढ्ने हो भने नेपाली जनताले दिएको पाँच वर्षको म्याण्डेट यो सरकारले कुनै पनि हालतमा पूरा गर्न नसक्ने दाबी पनि गरे ।
जसरी पनि सत्तामा जाने र संस्थागत कमिसन र भ्रष्टाचारबाट कमाउन खोज्ने कम्युनिष्ट प्रवृत्ति नेपाली जनताले अहिले आएर प्रत्यक्ष रुपमा देखेको र चुनाव ताकाका सबैकाम गर्ने भनी गरिएको प्रोपोगाण्डा शैलीको प्रचार अनुसारको कुनै पनि काम यो सरकारले गर्न नसकेकोले जनतामा निराशा छाएको बताए ।


वर्तमान सरकारले देशका संवैधानिक निकायमा जथाभावी नियुक्ति गरी आफ्नो छायाँमा राख्न खोजेको, मुलुकका सुरक्षा निकायहरुलाई पार्टीकरण गरेको, स्वतन्त्र रहनुपर्ने प्रेसलाई तर्साएर आफ्नो पक्षमा नलेखेमा ठीक पारिदिने भनी मनोवैज्ञानिक रुपमा तर्साउने काम गरेको, कमिशनतन्त्र र भ्रष्टाचारलाई संस्थागत गरेको र जनताका जनजिवीकाका सवालहरुको बेवास्ता गरी पूर्ण रुपमा जनविरोधी काम गरेकोले यो सरकार असफल भैसकेको निष्कर्ष काँग्रेसले निकालेको बताए ।


सहमहामन्त्री डा.महतले भने– सरकारले चुनाव अघिकै प्रोपोगण्डा शैलीमा छ र काँग्रेसले विगतमा गरेका कामहरुलाई पनि आफूले गरेको भनेर दुष्प्रचार गरिरहेको छ । उनले काँग्रेसले पहाडजत्रो काम गरेपनि त्यसलाई उनीहरुले तिलजति पनि नदेख्ने गरेको तर आफूहरुले तिलजत्रो काम गरेपनि पहाडजत्रो भनेर प्रचार गर्ने गरेको बताए ।


देशमा विषम परिस्थितिमा र राणा शासनदेखि लिएर कैयौँ तानाशाही शासनका विरुद्धमा संघर्ष गरेर नेपाली काँग्रेसले शान्ति र प्रजातन्त्र ल्याएको बलिदानीपूर्ण परिवर्तनलाई पनि कम्युनिष्ट सरकारले विर्साउन खोजेको आरोप उनले लगाए ।


उनले भने– गिरिजा बाबुले हतियारको व्यवस्थापन गरेर शान्ति स्थापनाको कुरा गर्दा स्वदेश र विदेशी समेतले असम्भव भन्थे तर त्यो सम्भव भयो । पछि नयाँ संविधान पनि कसैले सम्भव देखेका थिएनन् तर त्यो पनि काँग्रेसकै कारण सम्भव भयो । उनले अगाडि भने– अघिल्लो निर्वाचनकै कुरा गरौँ न देउवा नेतृत्वको सरकारले कस्तो विषम स्थितिमा चुनाव गरेको हो ? अनि जसका कारणले यो सरकार बनेको छ उसैलाई यसले तेजोबध गर्न खोज्ने ? नेपाली जनतालाई थाहै छैन जस्तो गरेर यसरी एकाध वर्षमै इतिहास मेट्न खोज्ने ?


डा.महतले वर्तमान सरकारलाई काँग्रेसले हनिमुन पिरियड त के वर्षदिन नै कुरेर उसको तौर तरिका हेरेको तर पनि देशमा प्रतिदिन बढ्दो निराशा, अराजकता, भ्रष्टाचार, महंगी र अस्तव्यस्तताका कारण अब चुप लागेर बस्न नक्ने भएपछि नेपाली जनताकै आग्रह र गुनासोकै कारण सरकार विरुद्धमा सडकमा ओर्लिएको धारणा पनि राखे ।


उनले वर्तमान सरकारले देशमा कूटनीतिक सन्तुलन राख्न नसकेर ध्वस्त पारेको र नेपालमा विदेशी लगानी भित्र्याउनुको सट्टा झन् हतोत्साहित पारेको पनि बताए ।
अब नेपाली काँग्रेसले संगठन सुदृढीकरण र देशव्यापी सशक्त अभियान सञ्चालन गर्ने भन्दै आगामी चुनावमा काँग्रेसले नै बहुमत ल्याएर देशको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने पनि उनले बताए ।