२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले जस्तै सुशीलले पनि दम्भ देखाएको भए संविधान बन्दैनथ्यो : थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले अहिले केपी ओलीले जस्तै सुशील कोइरालाले पनि दम्भ देखाएको भए संविधान बन्न नसक्ने दाबी गरेका छन् ।

सोमबार पोखरमा भएको सरकार विरुद्ध शक्ति प्रदर्शनको भेलालाई सम्बोधन गर्दै थापाले त्यतिबेला एमालेले दुई तिहाई भएर पनि काँग्रेसले खुट्टा कमाएको भन्दै काँग्रेस खुट्टा टेक्नै सक्दैन समेत भन्दा पनि काँग्रेसले माओवादीलाई मनाएरै संविधान जारी गरेको स्मरण समेत गरेका हुन् ।

थापाले भने, आफ्नो जिम्मेवारी पूरा गरेकोले सुशील कोइराला नेतृत्वको सरकारले संविधान दिन सफल भएको हो र त्यति बेला एमालेले ताली पायो, काँग्रेसले गाली पायो ।

थापाले भने ‘तर हाम्रा सभापति सुशील कोइरालामा अहिलेका प्रधानमन्त्री केपी ओलीको जस्तो दम्भ थिएन । त्यसैले सबैलाई मिलाएर अधिकतम सहमतिमा संविधान जारी गरियो ।’