१४ भाद्र २०८३, आईतवार
,
Latest
मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ हजार ट्याक्सी चालकलाई कारबाही



अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।

महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताउनुभयो । “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले रु तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाही पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताउनुभयो । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न महाशाखाले आग्रहसमेत गरेको छ ।