२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

अ+ अ-

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गर्नुभएको हो । स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए आफ्नो सङ्गठन आन्दोलनमा जाने बताउनुभयो ।

देशमा सबै तहको चुनाव सम्पन्न भइसकेको अवस्थामा विद्यार्थीको निर्वाचन रोक्नु उपयुक्त नहुने भन्दै स्ववियु निर्वाचनमा जुट्न सबै विद्यार्थी सङ्गठनसँग उहाँले आग्रहसमेत गर्नुभयो ।

पछिल्लो एक दशकयता स्ववियु निर्वाचन नगराउँदा विद्यार्थी राजनीतिको लागि दुर्भाग्य र दुःखद् भएको भन्दै अध्यक्ष यादवले विद्यार्थीबीचमा नेतृत्व सिक्ने र सिकाइने थलोका रुपमा रहेको स्ववियु निर्वाचन निर्धारित समयमा गराउनु आवश्यक रहेको जिकिरसमेत गर्नुभयो ।

गत पुस २३ गते नै त्रिभुवन विश्वविद्यालय मातहतका सबै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव गर्न त्रिविले परिपत्र गरिसकेको अवस्थामा अहिलेसम्म विद्यार्थी सङ्गठनलाई बोलाएर यसबारेमा कुनै छलफलसमेत नगरिएको स्पष्ट पार्नुभयो ।