२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु



अ+ अ-
फाईल फोटो

पेरिस । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का अधिकारीहरुको भनाई छ ।

यस आगलागीमा परी तीन अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन् । यद्यपी घाइतेहरुको स्थिति भने सामान्य रहेको बताइएको छ ।

आठ तल्ले सो भवन रहेको क्षेत्रमा विदेशी राजदूतावास र फ्रान्सको एक प्रसिद्ध सङ्ग्रहालय रहेको छ । यस आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन । प्रहरीले आगलागीको घटनामा शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।