१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टर चढेर धनगढीको अवलोकन !



अ+ अ-

फाईल फोटो

कैलाली । सुदूरपश्चिम महोत्सवमा जनताले पनि हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने व्यबस्था मिलाइएको छ ।

कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा हेलिकोप्टरबाट धनगढीको अवलोकन गर्ने व्यवस्था गरिएको हो । तर, हेलिकोप्टरबाट अवलोकन गर्न टिकट लिनुपर्ने छ ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अनुसार प्रतिव्यक्ति चारहजारका दरले एकपटकमा ६ जनाले हेलिकप्टरबाट महोत्सव लगायत यहाँका धार्मिक एबं पर्यटकीयस्थलहरुको अवलोकन गर्न सक्ने छन् ।