१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसदद्धारा रोष्ट्रम घेराउ, प्रदेशसभा बैठक स्थगित



अ+ अ-

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

थप समय सकिन लाग्दा पनि प्रतिनिधित्वको नाममा बिशेष समितिलाई राय सुझाव लिन जिल्ला नखटाएर समितिको म्याद गुजार्ने षडयन्त्र भैरहेको भन्दै कांग्रेसले संसद अवरोध गरेको हो ।

निर्धारित समय भन्दा ४५ मिनेट ढिला गरी सुरु भएको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन थाले लगत्तै कांग्रेस सांसदहरु आ–आफु बसेको ठाउँबाट उठेर बिरोध जनाए ।

बिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले रोष्ट्रममै आएर आफ्ना कुरा राख्न समय दिएका थिए ।