२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा क्रिकेट खेल्न आउने विदेशी खेलाडिले श्रम स्वीकृति लिनुपर्ने



अ+ अ-

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने नियम बनाएको छ ।

मन्त्रालयले आज राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने हरेक खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन पत्र काढ्ेको हो ।

पत्रमा ‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको छ ।

मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरुको नाम ठेगानासमेत माग गरेको छ ।