२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर.आर अगाडिको आन्दोलनमा प्रहरी हस्तक्षेप, नेविसंघका आधा दर्जन नेता गिरफ्तार



अ+ अ-

काठमाडौँ । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पस (आर.आर) अगाडि सरकार विरुद्धको आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नेताहरु सुरज सेजुवाल, अनुराग शाह, अशोक बिष्ट, जेम्स राई र रोहित नेपाल लगायत आधा दर्जन नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

पोखरामा पक्राउ परेका आफ्ना नेता हरुलाई रिहाई र चिकित्सा शिक्षा विधेक अविलम्ब खारेजको माग गर्दै सडकमा उत्रिएको विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउमा परेका सबैलाई महेन्द्र पुलिस क्लव भद्रकालीमा राखिएको छ।

सरकारले अविलम्ब यस्ता हर्कत बन्द नगरे नेपाल विद्यार्थी संघले देशमा आन्दोलनको आधी भेरी सिर्जना गर्ने नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

आज मात्रै सरकारले नेविसंघका अध्यक्ष नैनसिंह महरसहित उपाध्यक्ष नविन राई र नेता सञ्जीव खड्कालाई वानेश्वरबाट समातिएका थिए भने मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना, स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा,सुनिल सोडाई, सुबाश अधिकारी र हृदय राज मिश्र आदिलाई पनि पक्राउ गरिएको थियो ।

उनिहरु बाहेक करिब चार दर्जन नेता कार्यकर्ताहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले गिरफ्तार गरेको छ।