७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर.आर अगाडिको आन्दोलनमा प्रहरी हस्तक्षेप, नेविसंघका आधा दर्जन नेता गिरफ्तार



अ+ अ-

काठमाडौँ । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पस (आर.आर) अगाडि सरकार विरुद्धको आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नेताहरु सुरज सेजुवाल, अनुराग शाह, अशोक बिष्ट, जेम्स राई र रोहित नेपाल लगायत आधा दर्जन नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

पोखरामा पक्राउ परेका आफ्ना नेता हरुलाई रिहाई र चिकित्सा शिक्षा विधेक अविलम्ब खारेजको माग गर्दै सडकमा उत्रिएको विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउमा परेका सबैलाई महेन्द्र पुलिस क्लव भद्रकालीमा राखिएको छ।

सरकारले अविलम्ब यस्ता हर्कत बन्द नगरे नेपाल विद्यार्थी संघले देशमा आन्दोलनको आधी भेरी सिर्जना गर्ने नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

आज मात्रै सरकारले नेविसंघका अध्यक्ष नैनसिंह महरसहित उपाध्यक्ष नविन राई र नेता सञ्जीव खड्कालाई वानेश्वरबाट समातिएका थिए भने मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना, स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा,सुनिल सोडाई, सुबाश अधिकारी र हृदय राज मिश्र आदिलाई पनि पक्राउ गरिएको थियो ।

उनिहरु बाहेक करिब चार दर्जन नेता कार्यकर्ताहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले गिरफ्तार गरेको छ।