७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक बालुवाटार पुगे अमेरिकी राजदूत, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए। मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बतायो।

‘उहाँ आउनु भयो, नेपाल–अमेरिका सम्बन्ध र पछिल्लो विकसित भेनेजुएला प्रकरणबारे छलफल भयो,’ एक निकटस्थले सुनाए, ‘विषय अरु पनि थिए तर मुख्यतः पछिल्लो विकसित घटनाबारे नै छलफल भएको हो।’ यसअघि सरकारले शुक्रबार गरेको कूटनीतिक ब्रिफिङमा भने बेरी अनुपस्थित थिए। उनले सोही दिन दैनिक पत्रिकाका सम्पादकलाई दूतावासमै बोलाएर छलफल गरेका थिए।

नेपाल सरकारले भेनेजुएलाको राजनीति नबुझेको भन्दै उनले खासै साइनो नभएको मुलकबारे नेपालले चासो राखेकोमा प्रश्न गरेका थिए। प्रधानमन्त्रीले ओलीले भने नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बतायो।

उनले सरकार र पार्टी नेताका विचारलाई एउटै रूपमा नबुझ्न पनि राजदूतलाई आग्रह गरेको बताइएको छ। बिनाकारण पुरानो एवं दातृ मुलुकसँग सम्बन्ध नबिगार्न विज्ञहरूले राजनीतिक दल र सरकारलाई सुझाएका थिए। सत्तारुढ दलले भने विज्ञप्तिमाथि विज्ञप्ति जारी गरेपछि राजदूत बेरी प्रधानमन्त्री निवासै पुगेका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार छ ।