२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलसँग विवाह नगर्ने आँचलको कोसँग हुन्छ होला बिहे ?



अ+ अ-

काठमाडौं । पल शाह र आँचललाई संसारले जोडीका रुपमा चिन्छ । अझ आँचल र पत्रकारको विवादमा पल आँचलको बचाउमा उत्रिएपछि दुवैको मायालाई धेरैले आदर्शनै मानेका छन् । तर यही बीचमा आँचलको एउटा भनाई बाहिर आएको छ, जहाँ उनले पलसँग आफ्नो विवाहको एक प्रतिशत पनि सम्भावना नभएको बताएकी छन् । ‘हाम्रो साथीबाहेक अन्य कुनै रिलेशननै छैन । हाम्रो विहे हुन्छ भन्ने कुरा एक प्रतिशत पनि ढुक्क छैन ।’ यो समाचार सम्पूर्ण साप्ताहिकमा प्रकाशित छ ।

आँचलको यो कुरा नियालेर हेर्ने हो भने दुई वटा कुरा देखिन्छ । पहिलो, उनीहरुको ब्रेकअप भइसकेको छ । पलले अरुको ध्यान मोड्न आँचलको बचाउमा देखा परेका हुन् । आजभोलि उनले आँचल भन्दा पनि अरु(अरुसँग भिडियो गरिरहेका छन् ।

दोस्रो कुरा चाँही के हो भने आँचलको कुराको भर गर्नुहुन्न । इतिहास साक्षी छ, अघिल्लो पटक आफैले बोलेको कुरा होइन भनिदिन्छन् । मतलब, ‘तपाईले विहे गर्दिन भन्नुभएको थियो, फेरी गर्नुभयो’ भनेर कसैले सोध्यो भने आँचलको जवाफ हुन्छ, ‘ह्या, मैले त्यस्तो भेनेकै छैन ।’