२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावधान !! इयरफोन प्रयोग गनेहरुलाई डरलाग्दो खबर



अ+ अ-

बागलुङ । पछिल्लो युवापुस्तामा इयरफोनको प्रयोग बढेपनि यसको असरका वारेमा भने कसैको ध्यान दिदैनन् ।
इयरफोनले ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्नुका साथै सुन्ने क्षमता कम हुने हुन्छ ।
यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।

आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पुर्याउँदैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ ।