७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोउरिन्होलाई फेरी आपत, तोकियो एक बर्षको जेल सजाय



अ+ अ-

एजेन्सी । म्यानचेस्टर युनाईटेडको पूर्व प्रशिक्षक जोसे  मोउरिन्होलाई एक बर्षको जेल सजाय तोकेको छ ।

मंगलबार कर छली गरेको ठहर गर्दै स्पेनीस अदालतले सजाय सुनाएको हो ।तर मोउरिन्होले उक्त कुरा स्वीकार गरेका छन् ।

अदालतले सजाय सुनाएपनि मोउरिन्हो भने जेलमा भने बस्नुपर्ने छैन । स्पेनको कानुन अनुसार दुई बर्षसम्मको जेल सजाय जरिवाना तिरे मिनाह हुनेछ । मोउरिन्होले दुई मिलियन युरो जरिवाना भने तिर्नुपर्नेछ ।

मोउरिन्हो सन् २०११ देखि १२ सम्म रियल म्याड्रिडको प्रशिक्षणम छँदा उनले ठूलो मात्रामा कर छली गरेको पाइएको हो । स्पेनमा कल छलीका कारण चर्चित खेलाडीले पनि सजाय भोगिरहेका छन् । यसअघि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि ठूलो धनराशी जरिवाना गरिएको थियो ।

मोउरिन्होलाई युनाइटेडले खराब नतिजा निकालेको भन्दै बर्खास्ती गरेको थियो । ५५ वर्षीय मोउरिन्हो २०१६ मा युनाइटेडमा आबद्ध भएका थिए । मोउरिन्होको बर्खास्तीपछि युनाइटेडले उच्च स्तरको प्रदर्शन गरिरहेको छ ।