६ असार २०८३, शनिबार
,
Latest
धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नु हुनेछ ।

अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताउनुभयो । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो ।”

राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि कीमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताउनुभएको थियो । उहाँले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको बताउनुभएको छ ।

गत वर्ष जुनमा भएको पहिलो शिखर बैठकपछि लिइएका भूउपग्रहीय तस्वीरमा उत्तर कोरियाले आणविक सामग्रीहरुको उत्पादनलाई नरोकेको सङ्केत गरेका छन् ।

गत वर्ष, उत्तर कोरियाले थुनामा रहेका केही अमेरिकीलाई छाडेको थियो भने आणविक तथा लामो दूरीका क्षेप्यास्त्रको परीक्षण स्थगित गरेको थियो । एउटा आणविक परीक्षण केन्द्र ध्वस्त बनाउनुका साथै एउटा रकेट प्रक्षेपण स्थल नष्ट गरेको थियो । तर यी सबै कार्यहरु कुनै पनि अन्तर्राष्ट्रिय विज्ञ वा मुलुकको रोहबरमा गरिएका थिएनन् ।

यद्यपी राष्ट्रपति ट्रम्पले हालसम्म भएका प्रगतिको विवरण सुनाउँदै भन्नुभयो, “उत्तर कोरियामा कब्जामा रहेका अमेरिकीहरु घर फर्किएका छन्, आणविक परीक्षण रोकिएको छ, र १५ महिनाभन्दा बढी समयदेखि कुनै पनि किसिमको क्षेप्यास्त्र प्रहारका घटना भएका छैनन् । यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा उत्तर कोरियासँग ठूलो युद्ध शुरु भइसकेको हुन्थ्यो ।”

“धेरै काम गर्न अझै बाँकी नै छ, तर कीम जोङ–अनसँग मेरो सम्बन्ध निकै राम्रो छ,” उहाँले बताउनुभयो ।
दुई नेताबीच भियतनाममा हुने शिखर बैठकको तयारीका निम्ति उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टेफन बाइगन उत्तर कोरिया प्रस्थान गर्नुभएको छ ।

भियतनाममा हुने दुई दिने शिखर बैठकको स्थान भने घोषणा गरिएको छैन । भियतनाममा कम्युनिष्ट शासन रहेपनि आर्थिक उदारवाद र स्वतन्त्र व्यापार नीतिका कारण भियतनामले पछिल्लो केहीवर्षदेखि उच्च दरको आर्थिक विकास गरिरहेको छ ।