७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल



अ+ अ-

काठमाडौँ । सांसद रामबहादुर विष्ट : विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ?

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल : विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ ।

मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी खाँदा हुन्छ ? सांसद विष्टकै पूरक प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले भन्नुभयो, “खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ।”

काभ्रे, धादिङ, ललितपुरका केही जिल्लामा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको जानकारी दिँदै उहाँले कुन फलफूलमा कति विषादी छ भन्ने प्रमाणित गर्न प्रयोगशाला विस्तार र थप जनशक्ति परिचालनमा सरकारको प्राथमिकता छ ।

“खाद्यान्न, फलफूल, तरकारीमा विषादीमा निषेध गर्दै जाने नीति सरकारको छ”, उहाँले भन्नुभयो । मन्त्री खनालले भन्सार नाकाबाट तरकारी, फलफूल तथा खाद्यान्नमा आयात गर्दा प्रयोगशाला परीक्षणका नतिजामा कढाइ तथा विषादीका ती पदार्थ आयात गर्न दिइन्न भन्नुभयो ।

खाद्यान्न, फलफूल, तरकारीमा विषादीरहित छ भन्ने पत्याउन सकिन्न रु डा मीनेन्द्र रिजालको पूरक प्रश्नको जवाफमा मन्त्री खनालले भन्नुभयो, “जैविक विषादीको प्रयोग बढ्दो छ, घातक विषादीको प्रयोग न्यून छ । यसैकारण विषादीरहित खाद्यान्न, फलफूल, तरकारी बढ्दो छ ।”

विषादीरहित नेपाल कहिले होला रु सांसद देवेन्द्रराज कँडेलको पूरक प्रश्नमा मन्त्री खनालले “सरकारले ६ नं प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा बनाउने अभियानमा रहेको छ । विस्तारै विषादीरहित नेपाल बनाउने अभियानमा सरकार लागेको छ ।”

सो प्रश्नमा सांसद राजेन्द्रकुमार केसी, राजेन्द्र लिङ्देन पनि मन्त्री खनालसँग पूरकप्रश्न गर्नुभएको थियो ।