![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/02/sambhanda-bichod-1024x768.jpg)
हेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।
चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।
यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेको थिएन । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि आफ्नो अधिकारका लागि सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषले मुद्दा दायर गरेको हो ।
महिलाले दायर गरेको मुद्दामध्ये पाँच प्रतिशतभन्दा बढी फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये सात मुद्दा फैसला भएको छ । अदालतका स्रेस्तेदार केशवराज कौषिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ ।
नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका चार सय उजुरीमध्ये २०० फैसला भइसकेको अदालतले जनाएको छ ।