७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्धारा भारत ८० रनले पराजित



अ+ अ-

काठमाडौं । पहिलो टी–२० क्रिकेट खेलमा न्यूजील्यान्डले पाहुना टोली भारतलाई ८० रनले पराजित गरेको छ ।

वेलिङटनमा न्यूजील्यान्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन समेटिएको हो ।

भारतका लागि महेन्द्रसिंह धोनीले ३९, शिखर धवनले २९ र विजय शंकरले २७ रन बनाए भने अन्य खेलाडी सस्तैमा समेटियो ।

बलिङतर्फ न्यूजील्यान्डका टिम साउथीले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार पारेको थियो । न्यूजील्यान्डका लागि ओपनर टिम सेर्फटले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ८४ रन बनाए । उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, कुलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४–३४ रन बनाए ।

जितसँगै न्यूजील्यान्डले तीन खेलको सिरिजमा १० ले अग्रता बनाएको छ ।