२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र उस्मान डेम्बेले बिना नै बार्सिलोना मैदान उत्रिदै, रियल मड्रिड हराउने दाउमा



अ+ अ-

काठमाडौँ । स्पेनिस कोपा डेल रे फुटबलमा आज दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिड भिड्दैछन् । प्रतियोगिताको अन्तिम चारअन्तर्गत पहिलो लेगको खेलमा आज इएल क्लासिको भिडन्त हुन लागेको हो ।

नेपाली समय अनुसार रातिको १ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई देख्न पाईने वा नपाईने भन्ने कुरा अझै निश्चित भएको छैन् । मेस्सी शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्ने क्रममा तिघ्रामा चोट लागेर घाइते भएका थिए । बार्सिलोनाले कप्तान मेस्सीलाई रियल मड्रिडविरुद्धको खेलमा राख्ने निर्णय गरेको छ ।

तर, मेस्सी खेल्न नखेल्ने निर्णय अन्तिम मिनेटमा हुने बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्पेनिस मिडियाहरुसँग बताए छन् ।

बुधबार क्याम्प नाउमा हुने खेल २५ दिनभित्र हुने तीन इएल क्लासिको मध्ये पहिलो हो । दोस्रो लेग २७ फेब्रुअरीमा हुनेछ भने ला लिगाको क्लासिको २ मार्चमा हुनेछ ।

यसअघि ला लिगाअन्तर्गत गत अक्टोबर अन्तिम साता पहिलो इएल क्लासिको भइसकेको छ । सो खेल बार्सिलोनाले आफ्नो घरमा ५–१ ले जितेको थियो ।

यसअघि यी दुई टोली सन् २०१४को फाइनलमा भिडेका थिए । त्यतिवेला रियल विजयी भएको थियो ।

सो भेटपछि रियल र बार्सिलोना कोपामा पहिलोपटक आज राति भिड्दैछन् । बुधबारको खेलका लागि बार्सिलोनाका फर्वाड उस्मान डेम्बेले पनि फिट हुनेमा शंका छ । रियल मड्रिडको टिममा भने महत्वपूर्ण खेलाडीहरु उपलब्ध छन् ।

मेस्सी खेल्न सकेनन् भने बार्सिलोनालाई दवाव पर्ने देखिन्छ । मेस्सीको अभावमा बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिपे कोउटिन्होको जिम्मेवारी बढी हुनेछ ।

यसैगरी ला लिगाको सुरुवाती खेलमा कमजोर देखिएको रियल अहिले लयमा छ । रियलले बार्सिलोनाविरुद्ध पनि राम्रो लय समात्ने दावी गरेको छ । रियले बार्सिलोनाविरुद्ध रोजाईका खेलाडी करिम बेन्जेमा, ग्यारेथ बेल र भिनिसियस जुनियरलाई उतार्ने तयारी गरेको छ ।