२४ असार २०८३, बुधबार
,
Latest
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफलः २०७८ मंसिर १५ गते, बुधबार



अ+ अ-

 

२०७८ मंसिर १५ गते, बुधवार, १ डिसेम्बर २०२१। मार्ग कृष्णपक्ष द्वादशी तिथि, २०ः२० बजेदेखि त्रयाेदशी। चित्रा नक्षत्र, १६ः१७ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। तर अप्ठ्यारा परिस्थितिसँग सम्झाैता गर्नुपर्ला।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। घरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरूले दुःख दिन सक्छन्। तापनि अप्ठ्याराे समयमा सहयोग गर्नेहरू भेटिनेछन्।