३० आश्विन २०८१, बुधबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकिएको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिड १–१ गोलको बराबरी रोकिएको हो । बार्सिलोनाका लागि मेलकोमले गोल गरे भने रियलका लागि लुकास भेजक्वएजले गोल गरे ।

खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा भने कायम रहन सकेन । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका मेलकोमले गोल गर्दै खेल १-१ गोलको स्थितिमा ल्याए ।

नियमित कप्तान लियोनल मेस्सी भने अनफिटकै कारण दोस्रो हाफको मध्यतिर मात्रै मैदानमा प्रवेश गरे । खेलको ६३ औं मिनेटमा फिलिपे कौटिन्होको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् ।