२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी लिभरपुलसँगै लिगको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एभर्टनलाई २–० गोलअन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा एमेरिक लापोर्टे र गाब्रियल जेसुसले समान १–१ गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा लापोर्टेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको सिटीले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो ।

खेलको अतिरिक्त समयमा जेसुसले गोल गरेपछि सिटीले एभर्टनलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको सिटीको २६ खेलबाट ६२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान ६२ अंक नै छ । तर गोलअन्तरमा पछि पर्दै लिभरपुल लिगको दोस्रो स्थानमा पुगेको हो ।