• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

न्यायिक समितिमा ५२ उजुरी दर्ता



काठमाडौँ । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता भएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा समितिमा ५२ उजुरी दर्ता भएको हो । तीमध्ये आठ उजुरी मिलापत्रको माध्यमबाट समाधान गरिएको र बाँकीको समाधानका लागि छलफल र सहमतिको प्रयास भइरहेको नगरपालिका उपप्रमुख भवानी डोटेलले जानकारी दिनुभयो ।

आव २०७४÷७५ मा समितिमा परेको ६२ उजुरीमध्ये १९ उजुरी मिलापत्रका माध्यमबाट समाधान गरिएको थियो भने बाँकी ३० उजुरीको सुनुवाइ अझै हुन सकेको छैन । समयमा नै उजुरी फछ्यौट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा नै आउने गरेका छन् । समितिमा आउने अधिकाँश उजुरीे साँध–सिमानाका छन् ।