२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोकरेन्सीका संस्थापकको मृत्यु, लगानी कर्ताहरुकोे १९ अर्ब रुपैयाँ डुब्ने खतरा



अ+ अ-

भर्चुअल मुद्राको रुपमा रहेको क्रिप्टो करेन्सी र जोखिम एक सिक्काका दुई पाटा हुन् । गत हप्ता क्यानडामा यसको पुष्टि भएको छ ।

क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लाटर्फम क्वार्डिगाका लगानी कर्ताहरुकोे १९ अर्ब रुपैयाँ लगानी डुब्ने खतरा भएको छ ।

उक्त क्रिप्टोकरेन्सी साइटको पासवर्ड राखेका यसका संस्थापक गेरल्याड कोटेनको मृत्यु भएपसँगै लगानीकर्ताको करोडौँ डलर गुम्ने खतरा भएको हो ।

समाचार अनुसार त्यसमध्ये झण्डै ५ करोड डलर त क्रिप्टोकरेन्सी नभै भौतिक मुद्रा अर्थात् हार्ड करेन्सी मुद्रा पनि रहेको छ ।

कोटेको मृत्युसँगै उनीसँग रहेको उक्त साइटको पासवर्ड पनि चिहानमै विलय भएको छ ।

कसरी सार्वजनिक भयो घटना ?

गत डिसेम्बर ९ तारेखमा भारत भ्रमणका बेला कोटेनको मृत्यु भएको छ । ३० वर्षका कोटेनले नै क्वार्डिगाको लगानी, क्वाइन तथा कोष सम्बन्धी कुराहरु हेर्दथे ।

यसको पुष्टि गर्दै गत ३१ जनवरीमा उक्त कारोबार प्लेटर्फमका अधिकारीले नोभा स्कटियास्थित सर्वोच्च अदालतमा बयान दिँदै आफूहरु अहिले लगानीकर्ताको कोष सम्बन्धी जानकारीहरु पत्ता लगाउन आफूहरु असमर्थ रहेको बताएका थिए ।

कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एक दस्ताबेजमा हस्ताक्षर गरेकी छिन् । उक्त दस्ताबेज अनुसार उनका पतिले जुन ल्यापटपमा कम्पनीसँग सम्बन्धित जानकारीहरु राख्दथे त्यो पूर्णरुपमा एनक्रिप्टेड रहेका छन् र त्यसको पासवर्ड उनलाई थाहा छैन ।

रोबर्टसनले भनेकी छन्, ‘कैयन् प्रयासका बाबजुत पनि मैले यसको पासवर्ड फेला पार्न सकेकी छैन ।’

कानूनी प्रक्रिया

पाँच वर्षअगाडि क्वार्डिगा कम्पनीको स्थापना भएको थियो । गत वर्षदेखि नै उक्त कम्पनी वित्तिय संकटसँग जुधिरहेको थियो ।

क्यानडाको टिभी च्यानल सिबीसीको एक रिपोर्ट अनुसार यस वर्षको सुरुवातमै तरलता संकटमा फसेको यस कम्पनीको २० मिलियन डलर सिआइबीसी बैंकले जफत गरेको थियो ।

क्वार्डिगाका झण्डै १ लाख १५ हजार प्रयोगकर्ता रहेका छन् । त्यसमा पेशेवर लगानीकर्तासँगै स सानो रकम बचत गर्ने उपाय खोजिरहेका सर्वसाधारण मानिस पनि रहेका छन् ।

तर अब यो कम्पनीमा रहेको आफ्नो लगानी ती लगानीकर्ताले फिर्ता पाउने सम्भावना कम रहेको बताइन्छ ।

डिजिटल फाइनान्सका संस्थापक तथा वकिल क्रिस्टिन डुहेमीका अनुसार उनलाई धेरै मानिसले इमेल गरेर आफ्ना ठूलो रकम फसेको जानकारी दिइरहेका छन् । कतिपय मानिसलेत आफ्नो निवृत्त जिवनका लागि जम्मा गरेको बचत समेत डुबुको बताएका छन् ।

क्वार्डिगा लामो समयदेखि बजारमा रहेको छ । यो क्यानडाको सबैभन्दा ठूलो मुद्रा सटही कम्पनी पनि हो । सोही कारण त्यसमा रकम जम्मा गरेपछि आफ्नो पैसा सुरक्षित हुने धेरैले ठानेका थिए ।

संस्थापक कोटेनको मृत्युको जानकारी कम्पनीले आफ्नो फेसबुक पेज तथा वेबसाइटमा दिएको छ ।

पेटको विरामी रहेका उनको भारतको जयपुरमा एक च्यारिटीका दौरान गएको बेला उनको मृत्यु भएको हो । उनी अनाथाश्रम खोल्नका लागि जयपुर गएका थिए ।

आफ्नो मृत्युको ठीक दुई हप्ता अघि नोभेम्बर २७ मा उनले एउटा बकसपत्रमा हस्ताक्षर गरेका थिए । त्यसमा उनले आफ्नो सम्पत्तिको प्रबन्धक आफ्नी पत्नीलाई बनाएका थिए ।

कोटेनकी पत्नी जेनिफरले अदालतमा दिएको बयानमा कोटेनको मृत्युपछि पनि कम्पनीले केही लगानीलाई अनुमति दिएको बताएकी छिन् ।

क्वार्डिगाका अनुसार यस विषयमा छानविन गर्न एकजना जाँचकर्ता नियुक्त गरिएको छ जसले साइट तथा पासवर्ड सम्बन्धी जानकारीहरु हासिल गर्ने विषयमा काम गरिरहेका छन् ।

क्वार्डिगाले जारी गरेको विज्ञप्ति अनुसार उसले तरलताको विषयमा काम गरिरहेको छ जसमा कोल्ड वालेटमा संग्रहित क्रिप्टोकरेन्सी पत्ता लगाउने र त्यसलाई सुरक्षित गर्ने प्रयास सामेल छ । बीबीसी