६ असार २०८३, शनिबार
,
Latest
रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी सहायक निरीक्षक कै नक्कली शैक्षिक प्रमाण पत्र



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दले नक्कली प्रमाणपत्र पेश गरेर बलमा भर्ना भएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्दको प्रमाणपत्र जाँच गर्दा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको खुलेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधा समेत लिएको पुष्टि भएको हुदाँ चन्दविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र
आयोगले दायर गरेको छ ।