१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षदेखि एनसेलले कर छलेको खुलासा



अ+ अ-

काठमाडौं । निजी स्तरको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले झन्डै १७ वर्षदेखि कर छल्दै आएको पाइएको छ ।
७ असार २०५८ मा मेरो मोबाइल नामबाट परिचित एनसेलले सेयर बिक्रीको नाममा कर छल्दै आएको थियो । एनसेलको कर छल्ने शृंङखला १७ वर्षमा १२ पटकसम्म चल्यो । तीन वर्षअघिदेखि एनसेलले आफ्नो सेयर बिक्रीमा लाभकर नतिरेपछि विवादमा मुछिएको हो । आजको राजधानी समाचार छ ।
लाभकर कसले तिर्ने सेयर बेच्ने कम्पनी कि खरिद गर्नेले भन्ने विषयमा विवाद भएपछि अर्बौं रुपैयाँ कर राजस्व खातामा दाखिला हुन सकेको थिएन । कर विवादको मुद्दा सर्वोच्चसम्म पुगेपछि बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले परमादेश जारी गरेसँगै एनसेल र अजिएटाबाट कर असुली गर्ने बाटो खुला गरेको छ ।
सर्वोच्चको उक्त फैसलापछि अब एनसेल र अजिएटा कम्पनीले हालसम्म सावाँ ब्याज गरेर ७३ अर्बभन्दा बढी कर तिर्नुपर्ने भएको छ । एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले १ खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ ।

कार्यालयले टेलियासोनेराका नाममा ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिमाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी १३ असार २०७४ मा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । तर, सर्वोच्च अदालतले टेलियासँग नभई एनसेल र त्यसमा हित राख्ने अजिएटासँग लाभकर उठाउन आदेश दिएपछि अब करको गणना नै फरक ढंगबाट गर्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशानुसार अब ठूला करदाताले निर्धारण गरेका करका आधारमा यसअघि एनसेलले दुई किस्तामा भुक्तानी गरेको रकमलाई घटाएर बाँकी कर चुक्ता गर्नुपर्छ ।