२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक डाक्टरको भरमा अस्पताल



अ+ अ-

रुकुम पश्चिम । मुसीकोटस्थित जिल्ला अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । सामान्य स्वास्थ्य समस्यादेखि जटिल बिरामीको चाप एक जना डाक्टरको काँधमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

अस्पतालमा प्रमुखसहित दुई डाक्टरको दरबन्दी भए पनि अहिले अस्पताल प्रमुख डा. सुशील पोखरेलमात्रै छन् । एक जना डाक्टरको सरुवा भएको छ ।

अर्का एकरदुई महिनादेखि तालिममा छन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको अस्पतालको भनाइ छ । ‘कार्यालयको कामदेखि बिरामी जाँचसमेत आफैं गर्नुपर्छ,’ डा। पोखरेलले भने, ‘एक जनाले सबैतिर भ्याउनुपर्दा कसरी राम्रो सेवा दिन सकिन्छ रु’ व्यस्तताले व्यक्तिगत जीवनसमेत अस्तव्यस्त हुनुका साथै आराम गर्ने समय मिलाउनै नसकिएको उनले बताए ।

अस्पतालमा बिहान १० देखि २ बजेसम्म बहिरंग सेवा चल्छ । अन्तरंग सेवा भने २४ सै घण्टा चालु हुन्छ । सामान्य स्वास्थ्य समस्याका बहिरंगका बिरामीलाई अन्य स्वास्थ्यकर्मीले जाँचे पनि अन्तरंगमा भर्ना भएकालाई डाक्टर आफैंले हेर्नुपर्छ । ‘त्यसमाथि बिरामीको यत्रो चाप छ, कसरी भ्याउनु रु’ उनले भने, ‘कामको रापले आफंै बिरामी भइएलाजस्तो छ ।’

बिरामीको चाप हेरेर अस्पतालमा दरबन्दी थप्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसमाथि अहिले भएकै दरबन्दीका समेत छैनन् । जनसंख्या वृद्धिको अनुपातमा अस्पतालको स्तरोन्नति र जनशक्ति थप्नुपर्नेमा भएको पनि कम हुँदै गएको डा। पोखरेल बताउँछन् । ०४५ सालमा स्थापना भएको अस्पतालमा जनशक्ति अभावमा पोस्टमार्टम सेवासमेत प्रभावित भइरहेको छ । डाक्टर अभावबारे अस्पतालले प्रदेशदेखि संघीय सरकारलाई जानकारी गराएको छ ।

पटक–पटक डाक्टर पठाइदिन भन्दै लिखित अनुरोधसमेत गरिएको उनले सुनाए । तर अहिलेसम्म डाक्टर आउने अत्तोपत्तो छैन । संघीय सरकारले पठाएका एक डाक्टर पनि सुर्खेतस्थित प्रदेश अस्पतालमै छन् उनले जानकारी दिए । ‘नजिकको प्रदेश सरकारले त समस्या सुन्नुपर्ने हो, झन् उल्टै माथिबाट आएकालाई पनि प्रदेश अस्पतालमै राखिदियो ।’

अस्पतालले भोगिरहेको समस्यालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलले महसुस गर्न नसक्दासमेत समस्या झन् लम्बिइरहेको अस्पतालको भनाइ छ । आफ्नातर्फबाट पर्याप्त पहल गरे पनि राजनीतिक दबाब नपुग्दा डाक्टर आउन नसकेको पोखरेलको भनाइ छ । ‘स्थानीय तहका जनप्रतिनिधि र यहाँका सांसद–मन्त्रीको ध्यान नपुगेजस्तो छ,’ उनले भने, ‘यसको मार यहाँका जनताले खेपिरहेका छन् ।’