१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली विरुद्ध अनसन बस्ने सांसद लिङ्देनको चेतावनी



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अनसन बस्ने चेतावनी दिएका छन् । उनले आफ्नो क्षेत्रमा केही पनि खर्च नगरेको भन्दै अनसन बस्ने चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताको सिफारिसको आधारमा योजना छनोट गरेको र १० लाख मागेको ठाउँमा १ करोड १० लाख पठाएको भन्दै उनले विरोध व्यक्त गरे ।

लिङ्देन झापा क्षेत्र नं ३ बाट निर्वाचित राप्रपाको एक्लो सांसद भएरै आफ्नो क्षेत्रलाई नहेरेको भन्दै गुनासो पनि गरे । उनले आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिए ।

उनले बहुवर्षीय ठेक्काहरु समेत बन्द गरेको आरोप समेत लगाएका छन् । गाउँपालिकाले माग गरेको भन्दा १ करोड बढी रकम मन्त्रालयले पठाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।