७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी खरीदमा मितव्ययिता नगरिएको निष्कर्ष



अ+ अ-

रुपन्देहीः प्रदेश ५ मा भएको गाडी खरीद प्रक्रियामा आर्थिक मितव्ययितालाई ध्यान नदिइएको प्रदेशसभा सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ ।

लेखा समितिको शुक्रबार बसेको बैठकले गाडी खरीद प्रक्रिया कानूनबमोजिम नै भए पनि बिक्रेताले बोलपत्रमा अत्यधिक मुनाफा राखेको ठहर गरेको छ । गाडी खरीद प्रक्रियामा बिक्रेताले कबोल गरेको बढी मूल्य फिर्ता गरी प्रदेशसभाको सञ्चितकोषमा जम्मा गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले करीब रु ५७ लाख कोषमा जम्मा गर्नुपर्ने ठहर गरेको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।

सार्वजनिक खरीद ऐनमा भएको त्रुटिको फाइदा उठाउँदै बिक्रेताले उपभोक्ता मूल्य ६८ लाख ५५ हजार रहेको टाटा स्ट्रोम गाडीको मूल्य बोलपत्रमार्फत ७२ लाख राखेको भन्दै ऐनमा भएका त्रुटि सच्याउनसमेत माग गरेको छ । समितिले गाडी खरीदकर्तालाई मितव्ययिता अपनाउनसमेत निर्देशन दिएको छ ।

प्रदेश ५ को संसद सचिवालयले ११ र विभिन्न मन्त्रालयले चार वटा गाडी खरीद गर्दा अनियमितता भएको आशङ्का गर्दै सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो ।

समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा गठित उपसमितिले करीब १ महीना अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । तयार भएको प्रतिवेदन आगामी माघ २९ गते प्रदेशसभालाई बुझाउने निर्णय भएको समितिका सभापति चौधरीले बताउनुभयो ।