३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोज्यो – डा.महत

सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोज्यो – डा.महत
अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेकपा र वर्तमान सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोजेको बताएका छन् । लमजुङमा आज आयोजित पत्रकार भेटमा सहमहामन्त्री डा.महतले भने– नेकपामा एकले समर्थन र अर्काेले विरोध गरेकोजस्तो देखाएर सरकारले अत्यन्तै कमजोर कूटनीतिक क्षमता प्रदर्शन गरेको र नेपाललाई पनि त्यही मोडेलमा लैजाने दुश्प्रयास गरेको छ ।


जुन देशमा लाखौँ लाख नागरिक देश छोडे भाग्न बाध्य भएका छन्, जुन देशमा महंगीले जनता आक्रान्त भएका छन्, तर पनि आधारभूत वस्तुहरुकै उपलब्धता गाह्रो हुँदै गएको छ र राजनीतिक अस्थिरता व्याप्त छ, त्यही बाटोमा नेकपा र वर्तमान सरकारले नेपाललाई पनि लैजाने खेल खेल्दै छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले वर्तमान सरकारले कूटनीतिजस्तो संवेदनशिल विषयमा अत्यन्तै हल्का टिप्पणी गर्ने र स्वार्थपूर्ण रुपमा सम्बन्ध विकास गर्न खोज्ने भएकोले देश कूटनीतिक रुपमा दुर्घटनामा पर्नसक्ने चिन्ता पनि व्यक्त गरे ।


डा.महतले सरकारको यही अपरिपक्वताका कारण देशमा वैदेशिक लगानी घटेको तथ्य सबैका सामु छर्लङ्गै देखिएको तर्क पेश गरे । दुई तिहाइको भनिएको यो सरकारले स्वदेशी लगानीलाई प्रबर्धन गर्न तथा वैदेशिक लगानी भित्र्यान नसकेको र यो सरकारका हातबाट त्यस्तो सहज खालको वातावरण पनि निर्माण हुन नसक्ने दाबी गरे ।


यो सरकारको अप्रजातान्त्रिक क्रियाकलाप र व्यवहारका कारण विश्वासको वातावरण बन्न नसकेको उनले बताए । प्रतिपक्षीलाई विश्वासमा लिएर काम गर्नुको सट्टा निषेधको राजनीतिक गरेकोले काँग्रेस आन्दोलनमा उत्रिएको उनको भनाई थियो । डा.महतले यो सरकारले सच्चिएर काम गरेन भने काँग्रेसले सशक्त आन्दोलन गर्ने र सरकारका ज्यादतिहरुको जवाफ आन्दोलनबाटै दिने धारणा राखे ।