• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोज्यो – डा.महत




काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेकपा र वर्तमान सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोजेको बताएका छन् । लमजुङमा आज आयोजित पत्रकार भेटमा सहमहामन्त्री डा.महतले भने– नेकपामा एकले समर्थन र अर्काेले विरोध गरेकोजस्तो देखाएर सरकारले अत्यन्तै कमजोर कूटनीतिक क्षमता प्रदर्शन गरेको र नेपाललाई पनि त्यही मोडेलमा लैजाने दुश्प्रयास गरेको छ ।


जुन देशमा लाखौँ लाख नागरिक देश छोडे भाग्न बाध्य भएका छन्, जुन देशमा महंगीले जनता आक्रान्त भएका छन्, तर पनि आधारभूत वस्तुहरुकै उपलब्धता गाह्रो हुँदै गएको छ र राजनीतिक अस्थिरता व्याप्त छ, त्यही बाटोमा नेकपा र वर्तमान सरकारले नेपाललाई पनि लैजाने खेल खेल्दै छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले वर्तमान सरकारले कूटनीतिजस्तो संवेदनशिल विषयमा अत्यन्तै हल्का टिप्पणी गर्ने र स्वार्थपूर्ण रुपमा सम्बन्ध विकास गर्न खोज्ने भएकोले देश कूटनीतिक रुपमा दुर्घटनामा पर्नसक्ने चिन्ता पनि व्यक्त गरे ।


डा.महतले सरकारको यही अपरिपक्वताका कारण देशमा वैदेशिक लगानी घटेको तथ्य सबैका सामु छर्लङ्गै देखिएको तर्क पेश गरे । दुई तिहाइको भनिएको यो सरकारले स्वदेशी लगानीलाई प्रबर्धन गर्न तथा वैदेशिक लगानी भित्र्यान नसकेको र यो सरकारका हातबाट त्यस्तो सहज खालको वातावरण पनि निर्माण हुन नसक्ने दाबी गरे ।


यो सरकारको अप्रजातान्त्रिक क्रियाकलाप र व्यवहारका कारण विश्वासको वातावरण बन्न नसकेको उनले बताए । प्रतिपक्षीलाई विश्वासमा लिएर काम गर्नुको सट्टा निषेधको राजनीतिक गरेकोले काँग्रेस आन्दोलनमा उत्रिएको उनको भनाई थियो । डा.महतले यो सरकारले सच्चिएर काम गरेन भने काँग्रेसले सशक्त आन्दोलन गर्ने र सरकारका ज्यादतिहरुको जवाफ आन्दोलनबाटै दिने धारणा राखे ।