२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शिक्षक बन्न ल्यायो यस्तो नियम !



अ+ अ-

काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत नै लाइसेन्स चाहिने भएको छ।

तहगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिएको खबर कान्तिपुर दैनिकमा छ।

लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ। त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा पास हुनुपर्छ। यसअघि तहगत रुपमा परीक्षा लिएर लाइसेन्स वितरण गरिन्थ्यो।

प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका सबै विषयका शिक्षकका लागि तहअनुसार एउटै मात्र परीक्षा सञ्चालन हुन्थ्यो। एकै किसिमको लाइसेन्स पाउँथे।