काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत नै लाइसेन्स चाहिने भएको छ।
तहगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिएको खबर कान्तिपुर दैनिकमा छ।
लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ। त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा पास हुनुपर्छ। यसअघि तहगत रुपमा परीक्षा लिएर लाइसेन्स वितरण गरिन्थ्यो।
प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका सबै विषयका शिक्षकका लागि तहअनुसार एउटै मात्र परीक्षा सञ्चालन हुन्थ्यो। एकै किसिमको लाइसेन्स पाउँथे।