१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेरिबायाद्धारा यमनमा बमबारी



अ+ अ-

आदेन । केही वर्षयतादेखिको द्धन्द्धग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्धारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ ।

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।