११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

माफ गर आमा ! ३३ किलो सुन छिरेको एयरपोर्टबाट तिमलाई चकलेट छिराउन सकिन

माफ गर आमा ! ३३ किलो सुन छिरेको एयरपोर्टबाट तिमलाई चकलेट छिराउन सकिन
अ अ+ अ-

सरकार नै आज निस्ठुरी र निर्दियी हुन गइरहेको छ । सरकारका प्रत्येक पाटाहरु अस्तबस्त छन । सरकारको सोचाइमा कुनै नयाँपन छैन ! सरकारको शैलीले गर्दा जनतामा एक प्रकारको निराशा छाएको छ । चिल्ला कार अलिशान महल सुरक्षाकर्मी अगाडी पछाडी भएपछि त माक्र्सवादमा पनि सुन्यता छोउदो रहेछ है कमरेड !

अहिले यतिबेला समकालीन नेपाली जीवन मूल्य यस्तै विरक्ति धरातलमा धुरु धुरु रोहिरहे छ !
आज परदेश ज्यान स्वदेश मन भएका हामिहरुलाई निद्रा छैन, यो दुई तिहाइ सर्बहारा गरिवको नाम दिईएको कम्युनिस्ट सरकारले जनतालाई अनायासै करको बोझले थिचे झैँ लाग्छ । त्यो बिगतको भासण अनि घोषणापत्रले गर्दा र मन धरै बहकीएर आउछ कि हामीहरु सोच्न सक्दैनौ अनि दुई तिहाई सरकारप्रति वितृष्णा भएर आउछ रआखिरी यो कम्युनिस्ट सरकारले के गरो यस्तो ?
हे ओलि ! हे माधव ! हे झलनाथ ! हामी जनताले तिमीहरुसँग साचो प्रेम गरेको थियौ र तिमीहरुबाट हिमाल भन्दा अग्लो नदि भन्दा लामो बिश्वास पनि त पाएको थिए । तर आज तिमीहरुले हामीलाई धोकै धोकाको सागरमा डुबाई दियौ आखरि किन ?

हुन त हामीले पनि एउटा भुल गरेछौँ । हिजो सुर्य चिन्हमा छाप लगाउनु ! हामी बिदेश भए पनि गाउँ घरका सबै लाई भनेर बामपन्थीलाई भोट् हाल्नु होला भन्दै फेस्बुक भरी दिनरात प्रचार गरीयो कमिनिस्ट को सरकार आए त गरिव को हितमा काम गर्छ भन्ने आसा थियो, त्यो सबै सपना नै रहेछ ! तीमीहरुलाई बिश्वास र भरोसा गरेको ! आखरि तिमीहरुले हाम्रो बिश्वास, भरोसा, बाचा बन्धनहरु सारा यति चाडै तोडीदियौ ! भन हामी अब कहाँ गएर उजुर गरौ ? कहाँ गएर नालिस दिउ ? कुन अदालतमा न्याया मग्न जाऊ?

कानुनमा नलेखीएको नया अपराध गर्यौ तिमीहरुले । विदेश जाँदा ८ प्रतिशत ब्याजदरमा निकालेको बैंकको ऋण अहिले १५ प्रतिशत भई सावाब्याजसहित हाम्रो घरबारी लिलाम हुँदा कति पीडा हुन्छ होला त्यो परिवारलाई सरकार ? विदेशबाट घर फर्किदा परिवारलाई फोन गरेर आमालाई एउटा औंठी, बाबालाई एउटा घडी, श्रीमतीलाई एब तोला सुन, ठूलो छोरीलाई एउटा मोबाइल, सानो छोरालाई एउटा क्रिकेट ब्याट ल्याउँदा आफ्नै देशको एयरपोर्टमा आफ्नै सरकारले लुट्दा उसलाई लिन आएका परिवार र उसको मनमा कस्तो निराशता छाउँछ होला ? उसका कलिला सन्तानले के सोच्दा हुन् ? ती कलिला बालकहरूका मानसपटलमा देशले मेरो बाबालाई लुटेको हो भन्ने होला कि नहोला !

के यहि शिक्षा दिनको लागि हो झिटिगुन्टा ऐन लागू गरेर रेमिटेन्स को अपमान गर्दै प्ररदेशी लाई आफ्नै देशमा लुट्न ! माफ गर्नुहोस आमा, ३३ किलो सुन छिरेको एअरपोर्टबाट मैले तपाइका लागि लेराएको २ पोका चकलेट छिराउन सकिन । बिदेश जाने बेलामा पनि येहि एअरपोर्टबाट रुदै गएको थिएँ र अहिले आउने बेलामा पनि येहि एअरपोर्ट बाट आँसु झार्दै आउनु परेको छ । मैले मेरि आमालाइ लेराइदिएको २ प्याकेट चक्लेट एअरपोर्ट बाट छिराउन सकिन किनकी नेपालको कानुन हामी जस्ता गरिबलाइ कडा भन्दा कडा सङ्ग लागू हुन सुरु भैसकेछ ।

नेताले बैठकका नाममा महाङ्गा होटलको खाजा खान हुने, पांचवटा गाडी एउटै सचिबले राखेर ४० हजारको तेल किन्ने र ड्राइभरको तलब पनि आफैं बुझ्ने जस्ता घिनलाग्दा कुरा रोक्न नसक्ने हुतिहारा सरकार ! बिदेशमा रगतलाई पशिना बनाउदौ ज्यानको माया मारेर कमाएको रेमिटेन्स हो भन्ने कुरा थाहा छ कि छैन सरकार !

अनि यहि बिदेशी मुद्राले तिम्रा बिलासी सामान आयात हुन्छ्न भन्ने पनि बुझका छौ कि छैन सरकार चलाउने हरुले ! कानुनको कठोर कार्यन्वन भ्रस्टाचार रोक्न पो गर्नु पर्छ ! बलत्कार रोक्न पो गर्नु पर्छ । एउटा बाबुले आफ्नो छोरालाई सन्दिप लामिछाने बनाउँछु भन्ने सपना देखेर लिएर जाने किर्केट ब्याट पनि सरकारले एअरपोर्ट खोसेर लिलाम गर्छ भने त्यो चितावन मा बन्न लागेको किर्केट रंगशाला को के काम ! राजश्व उठाएर सरकारलाई राहत हुन्छ नै भन्ने सोच हो भने काठको बाकसमा फर्किने कामदारको शबमा पनि भन्सार लगाइदे सरकार । बिदेशमा कम्पनी बन्द भएर दुख पाएर फर्किएका बेरोजगार ज्युँदै मान्छे लाई पनि कर लगाइदे सरकार ! आखिर राजस्व उठाउने हो भने त्यो ३३ किलो सुनको खोइ ? बाइडवडिमा ४ अर्वको खोइ ? लडाकु शिबिरको ६ अर्व खोइ ? आयल निगममा १८ करोड खोइ ? एनसेलमा ६३ अर्व अनि बुढिगण्डकी को ९ अर्वखोइ ? हिम्मत छ सरकार ? छैन भने गरिब जनताले बिदेशमा रगत,पसिना कमाएर घर फर्कदा एअरपोर्टबाट रुदै निस्कुनु पर्ने किन त ? बिदेश जादा मेनपावरले लुटने, मेडिकलले लुटने, दलालले लुटने, इन्स्योरेन्सले लुटने, अनि श्रमले लुटने, अनि घर फर्किँदा सरकारले लुट्ने ।

सन्तोष आचार्यको फेसबुक वालबाट साभार