११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

सुरुदेखि अन्तिमसम्म नाम जोडिएका सलमानका यी नायिकाहरु

सुरुदेखि अन्तिमसम्म नाम जोडिएका सलमानका यी नायिकाहरु
अ अ+ अ-

बलिउड नायक सलमान खान उमेरले त ५० पार गरिसके। तर पनि उनी बलिउडका सबैभन्दा बढी चर्चित सेलिब्रेटी हुन्। सलामानसँग बिहे गर्नका लागि उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्। उनी भने हरेक समय कोही न कोही युवतीहरुसँग जोडिई नै रहेका हुन्छन्।

तर उनले आफ्नो सम्बन्धको बारेमा आएका कुनै पनि कुरा स्वीकार गरिरहेका छैनन्। जब कि उनको हर्कतले नै उनको सम्बन्धबारे सधैं प्रस्ट पार्ने गर्दछ। जमानाकी बलिउड नायिका संगीता बिजलनीबाट शुरू भएको उनको प्रेम सम्बन्ध हाल युलियासँग जारी छ।

संगीता बिजलानीलाई सलमानको पहिलो गर्लफ्रेन्ड मानिन्छ। कुरा त्यति बेलाको हो, जब सलमानभन्दा बढी संगीता लोकप्रिय थिइन्। संगीता मोडल थिइन् भने सलमान आफ्नो करिअर जमाउने कोसिस गरिरहेका थिए। दुवैले केही विज्ञापनमा सँगै काम गरे र दोस्ती मायामा बदलियो। विस्तारै सलमान ठूलो स्टार बने।

संगीताले सलमानसँग विवाह गर्न चाहिन्। तर सलमान यसका लागि तयार भएनन्। यही कुरालाई लिएर उनीहरुबीच ब्रेक अप भयो। ब्रेकअपपछि पनि उनीहरु असल मित्रका रूपमा रहिरहे।

संगीताबाट शुरू भएको सलमानाको प्रेम कहानी लामो छ। कराँचीमा जन्मेर फ्लोरीडामा हुर्केकी सोमी अलि पनि सलमान खानप्रति मरिहत्ते गर्थिन्। १६ वर्षको उमेरमा उनी सलमानलाई भेट्नका लागि मुम्बई पुगेकी थिइन्। केही मोडलिङ प्रोजेक्ट गरेपछि उनले फिल्ममा इन्ट्री लिइन् र सलमानसम्म पुगिन्। विस्तारै उनीहरुले एक अर्कालाई मन पराउन थाले। सोमीलाई सलमान निकै मन पराउँथे। आठ वर्षसम्म उनीहरु डेटिङ गरिरहे। सोमी सलमानले आफूसँग बिहे गरेर घरजाम गरून् भन्ने चाहन्थिन्। तर विस्तारै सलमान उनीसँग बिहे गर्ने मुडमा छैनन् भन्ने थाहा पाइन्। उनी सलमानको मदिरापान गर्ने र नराम्रो व्यवहारदेखि दिक्क पनि थिइन्। यस्तै कारण सलमानबाट टाढा भइन् र फ्लोरिडा फर्किइन्। भनिन्छ सलामानको उनीसँग हाल आएर पनि राम्रो सम्बन्ध छ।

सलमानको हिट प्रेम कहानीचाहिँ ऐश्वर्या रायसँग थियो। सञ्जय लिला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर फिल्म हम दिल दे चुके सनम बनाए। जसको सुटिङको दौरानमा उनीहरु नजिकिए। ऐश्वर्यालाई पाएपछि सलमानको बानीमा परिवर्तन आयो। उनले ऐश्वर्याप्रति धेरै नै अधिकार जमाउन थाले। ऐश्वर्या जुन हिरोसँग फिल्म खेल्थिन्, सलमान ऐश्वर्या र ती हिरोबीच केही छ कि भन्ने शंका गर्थे। एकपटक ऐश्वर्याले शाहरुख खानको फिल्म चलते चलतेको सेटमा पुगरे हंगामा मच्चाएपछि शाहरुखले ऐश्वर्यालाई फिल्मबाटै हटाइदिएका थिए।

यस्तै अर्को घटना पनि भएको थियो। एकपटक रातको समयमा सलमान ऐश्वर्याको घरमा थिए। केही कुरालाई लिएर उनले मदिरा पिएर ऐश्वर्याको दराज फुटाइदिएका थिए। भनिन्छ कि उनले ऐश्वर्यालाई मारपिट पनि गरेका थिए। यस्तै व्यवहारका कारण ऐश्वर्याले सलमानलाई छोडिदिएकी थिइन्। जब सलमानलाई आफ्नो गल्ती महसुस भयो, त्यो बेला ऐश्वर्या उनीबाट टाढा भइसकेकी थिइन्। भनिन्छ उनी ऐश्वर्यालाई साँचो माया गर्थे। त्यसैले उनले हालसम्म पनि विवाह नगरेका हुन्।

सलमानको प्रेम अर्की बलिउड सुन्दरी कट्रिना कैफका साथ पनि भयो। बुमजस्तो फिल्मबाट निराशाजनक शुरुआत गरेकी कट्रिनाले स्टार सलमान खानको सम्पर्कमा आएपछि मैने प्यार क्यु किया नामक फिल्ममा सँगै काम गरेकी थिइन्। त्यसपछि कट्रिनाले सफलताको सिँढी चढ्न थालिन्। कट्रिना सलमानसँग निकै नजिक रहन थालिन्।

उनलाई बारम्बार सलमानको घरमा देखिने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसो त सलमान र कट्रिनाको विवाहको मिति पटकपटक घोषणा भयो। तर हरेक पटक यो कुरा गलत सावित भयो। कट्रिनाले सलमानसँग घरजम बसाउने सपना देखेकी थिइन्।

सलमानले भने यसबारेमा केही निर्णय नै लिन सकेनन्। केही जवाफ नपाएपछि कट्रिना विस्तारै सलमानबाट टाढा भइन्। उनी सलमानपछि रणवीर कपुरसँग नजिक थिइन्। तर रणवीरसँगको ब्रेक अपपछि भने उनी फेरि सलमानको नजिक रहेको समाचारमा उल्लेख गरिएको छ।

सलमानको प्रेम सम्बन्ध विदेशी महिलासँग पनि रहन पुग्यो। रोमानियाकी युलिया वन्तुर सलमानसँग धेरै नै नजिक देखिन्छिन् र उनलाई सलमानको गर्लफ्रेन्ड भनिन्छ। उनीहरु राम्रो सम्बन्धमा छन्। तर सलमान अझै पनि विवाहका लागि भने तयार भएको देखिँदैनन्।

मोडल तथा एक्ट्रेस क्लाडिया सिएस्लासँग पनि सलमानको नाम जोडिएको थियो तर यो कुरा हल्लामै सीमित भयो भने ब्रुला अब्दुल्लासँग पनि सलमान खानको नाम जोडिएको थियो। सलमानसँग नाम जोडिने युवतीमा नायिका जरीन खान पनि पर्छिन्।

बलिउडकी अर्की नायिका डेजी शाहसँग पनि सलमानको नाम जोडिएको थियो। त्यसै गरी ब्रिटिस मोडल तथा अभिनेत्री एमी ज्याक्सनसँग पनि सलमानको रोमान्स चलेको चर्चा बलिउडमा गरिन्छ।