• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

साढे ३३ किलो सुन प्रकरण : प्रधानन्यायाधीश जबराले धमाधम न्यायाधीश काजमा तान्दै



काठमाडौं । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काजमा बोलाइएका हुन्।

दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित ८ जना न्यायाधीश कारबाहीस्वरुप न्याय परिषद् तानिएका छन्। साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दाको न्याय सम्पादनको क्रममा गलत देखिएको भन्दै न्यायाधीश काजमा तानिएका हुन्। सुन तस्करी मुद्दामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल यसअघि परिषद् तानिइसकेका छन्। यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएका थिए। यसअघि काजमा बोलाइएका न्यायाधीश न्याय परिषद्मा हाजिर गरेर फर्कन्छन्।

गत आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ न्याय परिषद्मा काजमा तानिएका छन्। प्रधानन्यायाधीश जबराले न्यायाधीश बानियाँको न्याय सम्पादन शंकास्पद देखिएको भन्दै उनलाई काजमा तानेका हुन्। त्यसैगरी ललितपुर जिल्ला अदालतका विश्वमोहन आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई यसअघि नै काजमा तानिएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।