२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पाकिस्तान सुपर लिगमा तीन खेल गुमाउने



अ+ अ-

काठमाडौँ । आगामी फागुन २ गतेदेखि सुरू हुने चौथो संस्करणको पाकिस्तान सुपर लिगको उद्घाटन खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेल गुमाउने भएका छन्।

उनले दुई पटकको च्याम्पियन इस्लामावाद युनाइटेड विरुद्धको खेल गुमाउने भएका हुन् । हाल लामिछाको टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ।

यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन्।

युएईमा जादाँ डबल राउण्ड रोविनका आधारमा खेलाईने खेलमा सन्दीपको टिम क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ।

क्लान्दर्समा सन्दीपको अलवा दक्षिण अफ्रिकाका बिस्फोटक ब्याट्मेन एबि डिभिलियर्सलाई समेत रहेका छन् । टोलीको कप्तानी डिभिलियर्सले सम्हाली रहेका छन्।

क्वालान्दर्सले सन्दीपललाई ५० हजार डलरमा खरिद गरेको थियो।

चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ। प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।

सन्दीपले यसै वर्ष क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलिसकेका छन्।